Read more

 


एकाइ ८ संविधान र नागरिक सचेतना 

पाठ: ४ किशोरकिशोरीको अधिकार र कर्तव्य


१. तलका प्रश्नको उत्तर दिनुहोस् : 

(क) किशोरकिशोरीहरूको अधिकारको सूची बनाई ती अधिकारहरू प्राप्त नभएमा के के असर पर्न सक्छ, उल्लेख गर्नुहोस् । 

उत्तर: किशोर किशोरीहरू भविष्यका जिम्मेवार नागरिक हुन् । किशोरकिशोरीहरू सुरुका अवस्थामा आफै आफै अधिकार माग्न सक्ने अवस्थामा पुगिसकेका हुन्छन् । त्यसैले उनीहरूलाई आफ्नो अधिकार के हो भनी पहिचान गराउनु र सो अधिकारहरूप्रति सचेतना पनि दिलाउनुपर्छ । सामान्यतया किशोरकिशोरीका अधिकारहरूलाई निम्नानुसार उल्लेख गर्न  सकिन्छ । 

- अभिभावकबाट संरक्षणको अधिकार 
- सहभागिताको अधिकार 
-शारीरिक, मानसिक एवम् संवेगात्मक विकासको अधिकार
- बालविवाहबाट मुक्त हुने अधिकार 
- पारिवारिक तथा सामुदायिक कार्यमा सहभागी हुन पाउने
- यौन तथा प्रजनन स्वास्थ्यको अधिकार 

किशोरकिशोरीले पाउनुपर्ने अधिकार यदि प्राप्त गर्न सकेनन्भ ने तिनीहरूमा विविध असरहरू पर्न जान्छन् । ति असरहरू  निम्नानुसार यहाँ प्रस्तुत गरिएको छ । 

- किशोरकिशोरीहरू आफ्नो सर्वाङ्गीण विकासका निम्ति पछि  रहन्छन् । 

- यदि किशोरकिशोरीहरू सहभागिताको अधिकार प्राप्त गर्न सकेनन् भने उनीहरूमा एक्लोपना हुने, 

बौद्धिक क्षमतामा कमि आउने जस्ता असर देखा पर्छन जसले गर्दा पछि उनीहरूमा व्यक्तिगत विकासमा समेत असर पर्न
जान्छ । 
- नेपालको कानुनले विवहको उमेर २० वर्ष तोकेकाले सो उमेर नपुगि आफै वा अभिभावकले आफ्ना बालबालिकालाई संस्कृति वा प्रचलनको नाउमा बालविवाह गर्न पाइदैन यदि यस्तो अधिकार प्राप्त गर्न नसकेको खण्डमा उनीहरूले उच्च शिक्षाबाट प्राप्त गर्न असहज हुन सक्छ । उनीहरूले आफ्नो लक्ष्य पुरा गर्न सक्दैनन् । 

- किशोरकिशोरीहरू यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिले सङ्क्रमणकालीन अवस्थामा हुन्छन् । यस उमेरमा उनीहरू विभिन्न प्रकृतिका समस्यामा पर्ने तथा गम्भीर स्वास्थ्य अवस्था आइपर्न सक्छ । 

(ख) किशोरकिशोरीहरूले कर्तव्य पालना गर्दा हुने फाइदाको सूची तयार पार्नुहोस् । 

उत्तर: किशोरकिशोरीहरू राष्ट्रका भविष्यका जिम्मेवार नागरिकहुन् । उनीहरू कर्तव्य परायण भए उपयोग सँगै कर्तव्यहरू  पालना समुन्नत राष्ट्र बन्न मद्धत पुग्छ । त्यसैले उनीहरूले आफ्नो अधिकारको गर्नुपर्छ र उक्त कर्तव्यहरू पालना गर्दा निम्नानुसार फाइदा हुन्छ । 

- परिवारका मान्यजन तथा अन्य सदस्यहरूलाई सम्मान गर्ने र उनीहरूले भनेका जायज कुराहरू मान्ने गर्नाले परिवारमा सुमधुर सम्बन्ध कायम हुन्छ । यसले गर्दा उनीहरूले परिवारबाट आवश्यक सहोग तथा सहज व्यवहार प्राप्त गर्न सक्दन् । 

- अरुको सम्मान गर्नाले अरुबाट पनि प्रशंसा साथ, सहयोग र समर्थन पाइन्छ । यसले हरेक क्षेत्रमा हौसला प्राप्त हुन्छ । 

- यस उमेरमा सबैले आफ्नो व्यक्तिगत कार्यहरू आफै गर्ने बानी बसाल्नुपर्छ भने घरायसी कामहरू एवम् आफ्नो परिवारको काममा पनि सहयोग गर्नुपर्छ । यस्ता काममा सहयोग पाउँदा अभिभावकहरू पनि खुसि हुन्छन् जसले पारिवारिक सम्बन्ध सुमधुर बनाउँछ ।

- यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी राखि राख्नाले स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । हौसला, हिम्मत र धैर्यता कायम राख्नाले सानो कुराले पनि उत्तेजित हुने र हतोत्साहित हुने र दिक्क लाग्ने कार्यबाट रोक्छ साथै यस्तो सुझबुझले काम
सिकाउछ । यसका साथै गलत निर्णय लिनबाट रोक्छ I